महाकाली नदीमा खसेर बैतडी पुर्चौडीका युवक बेपत्ता

  शुक्रबार ११, असोज २०८१ १७:०५

बैतडी । बैतडीका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भएका ३३ बर्षिय अमर सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

भारतको पिथौरागढबाट काम गरेर दशैका लागि घर फर्किने क्रममा शुक्रबार बिहान ११ बजेतिर महाकाली नदीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक, जनक ढुंगानाले जानकारी दिनुभयो ।

भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको उहाँले जानकारी दिनुभयो ।

झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने स्थानमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए । धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ ।

नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

clock शुक्रबार ११, असोज २०८१ १७:०५

प्रतिक्रिया