धनगढीको एक फर्मेसीबाट प्रतिबन्धित औषधीसहित सञ्चालक पक्राउ

  बुधबार ०९, असोज २०८१ ०७:५२

धनगढी । धनगढीको एक फर्मेसीबाट प्रतिबन्धित औषधीसहित सञ्चालक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ बैयावेहडी चोकमा कञ्चनपुरको वेदकोट नगरपालिका–५ बस्ने २३ वर्षीय दिपकराज जोशीले सञ्चालन गरेको केयर फस्ट फर्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्रि वितरण गरीरहेको अवस्थामा फेला पारी सञ्चालन जोशीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ।

उक्त औषधी र जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको वडा प्रहरीले जनाएको छ।

clock बुधबार ०९, असोज २०८१ ०७:५२

प्रतिक्रिया