बैतडीमा स्वास्थ्यकर्मीलाई बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

  बिहिबार २०, भदौ २०८१ १२:२०

बैतडी । बलात्कारको आरोपमा बैतडीमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका छन्।

३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि  पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

विभिन्न प्रलोभनमा पारी पटक/पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ। पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ।

पक्राउ पर्ने स्वास्थ्य चौकी प्रमुख विवाहित रहेका छन्। पीडितले दिएको जाहेरीका आधारमा स्वास्थ्य चौकी प्रमुखलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock बिहिबार २०, भदौ २०८१ १२:२०

प्रतिक्रिया