बझाङमा सुख्खा पहिरोले जयपृथ्वि राजमार्ग अबरुद्ध

  बिहिबार २०, भदौ २०८१ ०९:४७

बझाङ । बझाङको जयपृथ्वि राजमार्ग अबरुद्ध भएको छ । आज विहान करिब ७:३० बजे तमैल बजार नजिकै सुख्खा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो । 

राजमार्ग अबरुद्धका कारण जिल्ला बाट छुट्ने र जिल्ला  भित्र भित्रीने लामो तथा छोटो दुरिमा चल्ने सबै सवारिका साधनहरू ठप्प भएका छन् भने पात्रु अलपत्र परेका छन् ।

लगातार पहिरो खसी रहेका कारण सडक खुलाउन पनि समस्या भएको बस ब्यावसायि जोग बहादुर दौल्यालले जानकारी दिनु भयो । विहानु बझाङ बाट धनगढी, काठमाडौ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बसहरू पार भएको र केही बसहरू थन्किएको दौल्यालले बताउनु भयो ।

 सडक खुलाउने प्रयासमा आफुहरू लागि परेको र पहिरो खसी रहेका कारण समस्या भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

clock बिहिबार २०, भदौ २०८१ ०९:४७

प्रतिक्रिया