प्लास्टिक मुक्त धनगढीमा नेपाल प्रहरीको प्लास्टिककै झिलिमिली

  बुधबार १९, भदौ २०८१ १३:५१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सञ्चालनमा ल्याउन लागेको पेट्रोल पम्पमा प्लास्टिकका पतङ लगाएर झिलिमिली पारिएको छ ।

 धनगढी उपमहानगरपालिकाले आफ्नो नगरलाई प्लास्टिक मुक्त बनाए पनि प्रहरीले अटेर गरेर प्लास्टिकका पतङ लगाएर झिलिमिली बनाएको हो । 

गृहमन्त्री रमेश लेखकबाट उद्घाटन गर्ने कार्यक्रमका लागि प्रहरीले प्लास्टिकको पतङ प्रयोग गरेको हो । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याय कृष्ण अधिकारीले आफूलाई जानकारी नभएकाले लगाएको बताए । 

उनले आफूले जानकारी पाउने बित्तिकै बिकप्ल खोज्न निर्देशन दिएको र लगाएका पतङलाई हटाउने प्रतिबद्धता व्यक्त गरे । 

 

clock बुधबार १९, भदौ २०८१ १३:५१

प्रतिक्रिया