सुदूरपश्चिमेलीविरुद्ध भ्रम फैलाउने दुर्गाका नाममा दिए कृष्ण महराले जाहेरी

  बुधबार १९, भदौ २०८१ १२:५९

धनगढी । सुदूरपश्चिम र सुदूरपश्चिमेलीको बारेमा भ्रम छर्ने युवती दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ। सुदूरपश्चिमको दार्चुला घर भएका अधिवक्ता कृष्ण महराले साउदविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्।

पाटन उच्च अदालत बार एसोसिएसनको सदस्यसमेत रहेका महराले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको जानकारी दिएका छन्।

अमेरिकामा घटेको एउटा घटनालाई लिएर ती साउदले सामाजिक सञ्जालमा सिङ्गो सुदूरपश्चिमबासीलाई बदनामित गराउने काम गराइरहेकी थिइन्।

उनले सुदूरपश्चिमका मान्छेहरु सबैको चरित्र खराब हुने भन्दै प्रचार गर्थिन्। उनले गरेको कुप्रचारका विरुद्ध उनलाई कारबाहीको माग गर्दै अधिवक्ता साउदले मुद्दा हालेका हुन्।

clock बुधबार १९, भदौ २०८१ १२:५९

प्रतिक्रिया