धनगढीको फोहोर व्यवस्थापन गर्ने झलिराम मृत भेटिए

  मङ्गलबार १८, भदौ २०८१ ०७:४५

धनगढी । धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको काम गर्दै आएका एक जना मृत भेटिएका छन्।

भजनी नगरपालिका–८  घर भएर धनगढी– १७ धुर्जन्नामा कोठा गरी बस्ने ४५ वर्षीय झलीराम चौधरी मृत  भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार उनी धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ठाउँ वडा नम्बर ७ को पटेलामा काम गर्दै आएका थिए।

चौधरी आफ्नो कोठाबाट फोहोर व्यवस्थापन गर्ने ठाउँ तर्फ आउने क्रममा बाटोमा एक्कासी ढलेका थिए।

उनको घटनास्थलमा नै मृत्यु भएको भनेर श्रीमती आशा चौधरीले जानकारी गराएकी थिइन्।

clock मङ्गलबार १८, भदौ २०८१ ०७:४५

प्रतिक्रिया