धनगढीमा सर्पले टोक्दा बालकको मृत्यु

  सोमबार १७, भदौ २०८१ ०७:०७

धनगढी । धनगढीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया बि.कको ५ वर्षीय छोरा अरुण बि.कको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेको थियो । उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
 

clock सोमबार १७, भदौ २०८१ ०७:०७

प्रतिक्रिया