धनगढीमा मेसिन चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  सोमबार १७, भदौ २०८१ ०७:०४

धनगढी । कैलालीको धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–५ तारानगरमा गोपिकृष्ण जोशीको घर निर्माणका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

नवनिर्मित घरको पिल्लरमा मसला हालि भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेर कैलारी गाउँपालिका–६ का ३२ वर्षीय चन्द्रे चौधरी घाइते भएका थिए।

घाइते चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

clock सोमबार १७, भदौ २०८१ ०७:०४

प्रतिक्रिया