रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

  आइतबार १६, भदौ २०८१ १६:०२

धनगढी । रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ।

आइतबार गोदावरी नगरपालिका – १ धनगढी रोडमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा चालक धनगढी उप– महानगरपालिका २ भन्सार रोडका  २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो।

६ लेन सडक छेउमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका थापाको सेती प्रादेशिक  अस्पतालमा पु–याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनगढी उप–महानगरपालिका – २ भन्सार रोडका  २५ वर्षीय भुपेश पाल घाइते भएका छन्। उनको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक, ट्रक चालक बझाङको बित्थडचिर गाउँपालिका – २ का २४ वर्षीय भरत बोहरा र मोटरसाइकललाई नियन्त्रमा लिएको जनाएको छ ।

clock आइतबार १६, भदौ २०८१ १६:०२

प्रतिक्रिया