कैलालीबाट भन्सार छलीका सामान बरामद

  आइतबार १६, भदौ २०८१ ०७:२८
फाईल फोटो

धनगढी । कैलाली प्रहरीले धनगढीका बिभिन्न क्षेत्र र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–  ३ बिशालनगर, धनगढीे – ४ बसपार्क, धनगढी– ९ त्रीवेणीघाट र टीकापुर नगरपालिका–  ८ बटनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ४१० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।

प्याज, चिनी, मिश्री, नरिवल, सरप, मिठाई, पानीपुरी, मसला, सुर्ती, टाई, नटबोल्ड, खेलौना,  भाडकुडा, प्लाष्टिक टोकरी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

clock आइतबार १६, भदौ २०८१ ०७:२८

प्रतिक्रिया