नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिमको प्रदेश अध्यक्षमा लेखक सर्बसम्मत

  शनिबार १५, भदौ २०८१ १९:५८

कंचनपुर । "मर्यादित ब्यबसाय, मर्यादित व्यावसायिक एकता आजको आवश्यकता" भन्ने मुल नाराका साथ कंचनपुरको महेन्द्रनगरमा सम्पन्न नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा गजेन्द्रदेब लेखक सर्वसम्मत चयन भएका छन । 

शनिबार भएको संघको दोश्रो अधिबेशनले लेखकको अध्यक्षतामा सचीव बाहेक १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सचीव एक पदमा भने निर्वाचन भएको थियो ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाश चन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट र सहकोषाध्यमा बंशिधर कलौनी चयन भएको  मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बताए ।

सचीवमा ३७ मतका साथ मधुकर कुश्मी निर्वाचित भएका छन । सचीवका प्रत्यासी प्रीतिधर भण्डारीले २१ मत प्राप्त गरेकी छिन । ६० मत खसेकोमा २ मत बदर भएको थियो ।

त्यसैगरि सदस्यहरूमा फोनिराम चौधरी, साहिबा राना, घनश्याम कलौनी, अर्जुन सिंह कठायत, शैलेश कुमार श्रेष्ठ, जीतराज भट्ट, पुष्पराज उपाध्याय, शंकर प्रसाद शर्मा र राम बहादुर चौधरी निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए ।

यसअघि संघको कार्यबाहक अध्यक्ष फोनिराम चौधरीको सभापतित्वमा भएको नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिमको प्रदेशको दोश्रो अधिबेशन कार्यक्रममा औषधि ब्यबस्था बिभागमा महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए ।

clock शनिबार १५, भदौ २०८१ १९:५८

प्रतिक्रिया