कैलालीमा साढे चार किलो चरेससहित एकजना पक्राउ
धनगढी । कैलालीमा साढे चार किलो चरेससहित एकजना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका- ८ क्याम्पस चोक नजिकबाट साढे चार किलो चरेससहित बझाङको केदारस्यु गाउँपालिका-७ बस्ने ४२ वर्षका जनक धामीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार विशेष सूचनाको बिशेष आधारमा वड प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङगानाको कमाण्डमा खटिएको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो ।
`धामी सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको छ,´ उनले भने । थप अनुसन्धानको भइरहेको डिएसपी बोहराले बताए ।
प्रतिक्रिया