कैलालीका बाढी प्रभावितलाई राहत वितरण

  शनिबार १५, भदौ २०८१ ०८:४१

धनगढी । बाढी प्रभावित २१९ परिवारलाई राहत वितरण गरिएको छ । कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई राहतस्वरुप गैरखाद्य सामग्री दिइएको हो। 

भदौ पहिलो साता आएको बाढीले सो गाउँपालिकाको वडा नम्बर ३ र ५ का ५४७ घरपरिवार प्रभावित भएका थिए । जसमध्ये अतिप्रभावित परिवारलाई सेभ द चिल्ड्रेनको सहयोगमा बहुउद्देश्यीय समाज डडेलधुराले राहत प्रदान गरेको छ । 

प्रभावितलाई सेल्टर किट, हाइजिन किट, डिगनिटी किट, साबुन, झुल, खानेपानी शुद्धीकरण गर्ने फिल्टर लगायतका गैरखाद्य सामग्री दिइएको छ ।

कुल २४ लाख ५२ हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको समाजका डीआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले जानकारी दिए । 

clock शनिबार १५, भदौ २०८१ ०८:४१

प्रतिक्रिया