धनगढीका केहि ठाउँमा आज ७ घण्टा विद्युत अवरुद्ध हुने

  बिहिबार १३, भदौ २०८१ ०७:५१

धनगढी । कैलालीको धनगढीका केहि ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ। धनगढी उपमहानरपालिकाको हसुलिया फिडरमा विद्युत ७ घण्टाका लागि काटिने भएको छ।

धनगढी वितरण केन्द्र अन्तरगतको कब्रिस्तान देखि घुइयाघाट सम्मको लाइन सुधार गर्न विद्युत लाईन काटिन लागेको हो।

सो क्षेत्रमा ११ केभी कभर केबुल लाईन पनि जडान गरिने भएकाले बिहिबार बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म विद्युत लाईन काटिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ।

लाईन जडाँनको काम चाँडो भए तोकेको समयभन्दा अगाडी पनि बत्ती आउने प्राधिकरणले जनाएको छ।

clock बिहिबार १३, भदौ २०८१ ०७:५१

प्रतिक्रिया