कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

  मङ्गलबार ११, भदौ २०८१ २०:५३

धनगढी । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–६ भगतपुर स्थित नाम थर नखुलेको करिब ११ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको हो। 

घुरा नदीमा नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा अहिले ४ जनाको टोली घटनास्थलमा खटिएको छ। शव भने फेला परिसकेको छ। थप विवरण आउन बाँकी नै छ।

clock मङ्गलबार ११, भदौ २०८१ २०:५३

प्रतिक्रिया