अछाममा चट्याङ लागेर २ जना घाइते

  मङ्गलबार ११, भदौ २०८१ २०:५१

अछाम । अछाममा चट्याङ लागेर २ जना घाइते भएका छन्।

सोमबार जिल्लाको मेल्लेख गाउँपालिका–५ का ६२ वर्षीय तुले धामी र २ वर्षीय बालक गणेश धामी घाइते भएका हुन्। 

दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

clock मङ्गलबार ११, भदौ २०८१ २०:५१

प्रतिक्रिया