कैलालीमा क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनगढी । कैलालीमा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियामा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश–२–०३–००१क २०२७ नम्बरको क्रेनले हिजो राति नौँ बजेतिर ठक्कर दिएको थियो। क्रेनको ठक्करबाट घाइते भएका लम्कीचुहा–४ का ४२ वर्षीय किरणप्रसाद शर्माको मृत्यु भएको हो।
उपचारको लागि लालरत्न अस्पताल लम्की लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेकोमा हिजो राति नै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। क्रेन र क्रेन चालक धनगढी उपमहानगरपालिका–१९ का २५ वर्षीय सुरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया