कलाकार बोकटानी किङको नेतृत्वमा शिवपुरी धाममा सरसफाइ

  सोमबार १०, भदौ २०८१ ११:४७

धनगढी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा सरसफाइ गरेको छ । कलाकार तथा व्यापारी बोकटानी किङ विनोद बोहराको पहल तथा नेतृत्वमा शिवपुरी धाममा सरसफाइ भएको हो । 

शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाम व्यवस्थापन समिति श्रावण लघुरुद्रि अनुष्ठान पूजाका बेला भएको फोहोर व्यवस्थापन नभएपछि बोकटानी किङले सरसफाइ गरेका हुन । 

बोकटानी किङलाई सरसफाइ गर्न चलचित्र निर्देशक सतिस सिन्हा, कोरीयोग्राफर केशव बलायरले सहयोग गरेका थिए । उनिहरुले शिवपुरी धाम परिसरबाट करिब ८ बोरा बढी फोहोर निकालेका छन् 

बोकटानीले तिन दीन अघि (भाद्र ८ गते) शिवपुरी धार्मिक क्षेत्रमा फोहोर अत्यधिक भएकाले सरसफाइ गर्न व्यवस्थापन समिति र सरोकारवालालाई आग्रह गर्दा पनि सरसफाइ नभएपछि आफैले गरेका हुन ।

 

 

clock सोमबार १०, भदौ २०८१ ११:४७

प्रतिक्रिया