धनगढीको सुरक्षा ब्यवस्था डर लाग्दो, प्रहरी ड्युटी रहेकै देउवा निवासमा बम

  आइतबार ०९, भदौ २०८१ १७:५८

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडि राखिएको संकास्पद बस्तु बम भएको पुष्टि भएको छ । सेनाको उच्चस्तरय स्रोतले उक्त बस्तु बम भएको बताएका हो ।

 ‘ईलेक्ट्रीक केतली भीत्र राखिएको टिफेन बक्स जस्तो देखिने बस्तुभीत्र विष्फोटक पदार्थ रहेको पाईयो’ उच्च सुरक्षास्रोतले भन्यो । यद्यपी त्यसको फरेन्सीक रिपोर्ट आउन केही दिन लाग्नेछ ।

देउवाको निवासमा चौबिसै घण्टा प्रहरीको पहरा हुन्छ । त्यही पहराका बीच घरभीत्र पस्ने मुल गेटमा बम राखिएको फेला परेको छ । काँग्रेसका सभापती, पूर्वप्रधानमन्त्री, बर्तमान परराष्ट्रमन्त्री समेत रहेका देउवा परिवारको गेटमा बम राखिनु कैलालीको सुरक्षा ब्यवस्था फितलो भएको आँकलन गर्न सकिन्छ ।

शनिबार राती ड्युटीमा रहेको प्रहरीले देउवाको निवासको गेट नजिकै उक्त बम देखेका थिए । त्यसपछि त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातभर पहरा दिएका थिए । विहान नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको थियो ।

देउवाको उक्त घर, सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेका थिए । उनी आरजुका भतिजा समेत हुन ।

clock आइतबार ०९, भदौ २०८१ १७:५८

प्रतिक्रिया