एम.बि.बि.एस पढ्न आर्थिक समस्या भएका टमट्टालाई माया मेट्रोले गर्यो ४६ हजार सहयोग

  आइतबार ०९, भदौ २०८१ १७:५२

धनगढी । धनगढी स्थित माया मेट्रो अस्पतालले आर्थिक अभावका कारण एम.बि.बि.एस पढ्न समस्या भएका कैलाली बर्दगोरीया गाउँपालिका १ बौनियाका राजेश टमट्टालाई आर्थिक सहयोग गरेको छ ।

अस्पतालका प्रमुख डाक्टर मोहन साउँद लगायत कर्मचारीहरूको टिमले टमट्टालाई टमट्टालाई ४६ हजार ३ सय ५० रुपैयाँ सहयोग गरेको हो । विगत लामो समय देखि कैलालीको धनगढीमा सेवा दिँदै आएको माया मेट्रो अस्पतालले विपन्न तथा समस्यामा रहेका नागरिकहरूलाई समेत सहयोग गर्दै आएको छ ।

एम.बि.बि.एस पढ्न पहिलो बर्ष आफू सँग भएको १० धुर जमिन बेचेर अध्यान सूरु गरेका टमट्टालाई दोस्रो बर्ष पढ्नलाई आर्थिक समस्या भएपछि उनको पढाई लाई निरन्तरता दिन आर्थिक सहयोग अभियान सुरु गरिएको थियो । 

एम.बि.बि.एस दोस्रो वर्षको अध्यानको लागी टमट्टालाई ३५ लाख खर्ज लाग्ने भएपछि उनको पढाई अनिश्चित भएको थियो । विपन्न परिवारमा जन्मिनु भएका टमट्टा पढाइमा निकै राम्रा थिए । आफूले आफू सँग भएको जग्गा जमिन समेत बेचेर छोरोलाई पढाउन पठाएको बताउँदै टमट्टाका बुवा सुधीर सिंह टमट्टाले भने अब त बेच्न केही पनि छैन । छोराको पढाई लाई निरन्तरता दिन आफूले विभिन्न संघ संस्था सँग हार गुहार गरेको उनले बताए । 

आफूले आफ्नो समस्या बारे प्रदेश सरकारलाई जानकारी गराउँदा समेत कुनै सहयोग नभएको उनले बताए । आफूहरू प्रदेश सरकारका मन्त्रालयहरू धाउदा धाउदै थाकी सकेको बताउँदै टमट्टाले भने प्रदेश सरकारको आसा छ भरोसा छैन । हाल सम्म करिब साढे ३ लाख बढी सहयोग सङ्कलन भएको बताउँदै टमट्टाले भने अझै सहयोग गरि मेरो छोराको भविष्य बनाई दिनुहोला ।  

clock आइतबार ०९, भदौ २०८१ १७:५२

प्रतिक्रिया