बस दुर्घटना अपडेटः यी हुन घाइते १७ जना

  आइतबार ०९, भदौ २०८१ १०:००

धनगढी । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको बस मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा दुर्घटना भएको छ। महेन्द्रनगरबाट काठमाडौं जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा ७ बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन्। उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए।

उनका अनुसार घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बस आफैं अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया तारा भट्ट, कैलालीको लम्किचुहा नगरपालिका–३ की २३ वर्षीया हरिकला थापा, लम्किचुहा नगरपालिका–३ का १९ वर्षीय  कैलाश विक, लम्किचुहा नगरपालिका–३ की २७ वर्षीया कृष्णा विक, लम्किचुहा नगरपालिका–३ की ३५ वर्षीया जयन्ती विक, भीमदत्त नगरपालिका–८ का ३७ वर्षीय दिलबहादुर सुनार, २३ वर्षीय समिदेवल राना र गोदावरी नगरपालिका–१२ का ३७ वर्षीय शेरबहादुर विष्ट सामान्य घाइते भएका छन्।

त्यस्तै बझाङको वित्थडचिर गाउँपालिका–४ का २२ वर्षीय बसन्त बोहरा, भीमदत्त नगरपालिका–१७ का ३४ वर्षीय धरम खड्का, भीमदत्त नगरपालिका–१० का २० वर्षीय दिपेश भट्ट, दार्चुलाको महाकाली नगरपालिका–६ का २३ वर्षीय लक्ष्मण बम, भीमदत्त नगरपालिका–९ का २५ वर्षीय भीमसेन सार्की, बैतडीको दशरथचन्द नगरपालिका–२ का ३७ वर्षीय जनक बिजाली, भीमदत्त नगरपालिका–४ का २३ वर्षीय विनोद सार्की, डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ का ३३ वर्षीय देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका–५ का २५ वर्षीय विपिन न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ।

clock आइतबार ०९, भदौ २०८१ १०:००

प्रतिक्रिया