धनगढीमा देउवाको घर अगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निस्क्रिय

  आइतबार ०९, भदौ २०८१ ०९:२३

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले राति १ बजे थाहा पाएको थियो।

नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद वस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाको दुई टोली पुगेको थियो।

बिहान ५ बजे पुगेको टोलीले अहिले साढे ८ बजे शंकास्पद वस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए।

clock आइतबार ०९, भदौ २०८१ ०९:२३

प्रतिक्रिया