कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु फेला

  आइतबार ०९, भदौ २०८१ ०६:४४

धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

हाल सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेको देउवा निवास बाहिर प्रहरीले शंकास्पद बस्तु राखेको देखेको हो।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।

उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

clock आइतबार ०९, भदौ २०८१ ०६:४४

प्रतिक्रिया