बैतडीको अन्नपुर्ण होटेलबाट ५ जना जुवाडे पक्राउ

  शुक्रबार ०७, भदौ २०८१ ०८:५६

बैतडी । बैतडीको पाटन नगरपालिकाबाट ५ जना जुवाडे पक्राउ परेका छन्।

बैतडीको पाटन नगरपालिका–४ मोहनपुरमा ४२ वर्षीय गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपुर्ण होटेलबाट होटल साहु बिष्टसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। 

पाँचै जनालाई नगद ६२ हजार ७७० र १ गड्डी ताससहित नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock शुक्रबार ०७, भदौ २०८१ ०८:५६

प्रतिक्रिया