बैतडीमा मिनिट्रक दुर्घटना हुुदा साहुको मृत्यु चालक र सहचालक घाइते

  शुक्रबार ०७, भदौ २०८१ ०७:१०

बैतडी । बैतडीमा बिहीबार बेलुका मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। 

मृत्यु हुनेमा कञ्चनपुरकमे शुक्लाफाँटा नगरपालिका ५ झलारी घर भएका मिनिट्रक साहु समेत रहेका जगदीश अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सु प प्र ०२ ००१ ख ०७३४ नम्बरको मिनि ट्रक कफलकोट नजिकै बिहीबार बेलुका ७ बजे दुर्घटनामा परेको हो। 

दुर्घटनामा परेर साहु जगदीशको घटनास्थलमै मृत्युु भएको हो।यस्तै ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन्।

घाइते दुबैजनाको जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ। सरिया र सिमेन्ट बोकेको मिनिट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त मिनिट्रक सढकबाट ६० मिटर तल खसेको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

clock शुक्रबार ०७, भदौ २०८१ ०७:१०

प्रतिक्रिया