डोटीको पिपल्ला बजार नजिकै सेती नदीमा देखियो एक शव

  बिहिबार ०६, भदौ २०८१ १२:१७

डोटी । डोटी पिपल्ला बजार स्थित सेती नदीमा एक शव देखिएको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार पक्कि पुल नजिकै सेती नदीमा मानिसको शव देखिएको हो । 

बिहीबार बिहान स्थानीयले शव देखेपछि खबर गरेका र अहिले शव निकाल्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

clock बिहिबार ०६, भदौ २०८१ १२:१७

प्रतिक्रिया