बागेश्वरीको टीभीएस शोरुममा नयाँ अफर, छुटसहित आकर्षक उपहार

  बिहिबार ०६, भदौ २०८१ ११:२२

धनगढी । धनगढीस्थित बागेश्वरी अटोमोटिभ्स र अत्तरियास्थित बागेश्वरी मल्टीमोटर्समा ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरिएको छ । 

बागेश्वरीका दुबै शोरुममा टीभीएसका मोटरसाइकल र स्कुटरको सेल्स र सर्भिसमा यो भदौ महिना ९एक महिना०का लागि नयाँ अफर ल्याइएको हो । जस अन्तर्गत सेल्स र सर्भिसमा छुटको व्यवस्था गरिनुका साथै आकर्षक उपहारको व्यवस्था गरिएको बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए । 

उनका अनुसार मोटरसाइकल र स्कुटरको सर्भिसमा लेभर चार्जमा १० प्रतिशत छुट र स्पेयर पार्टसमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै पाँच हजार भन्दा माथिको बिलमा आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । 

यसैगरि सर्भिस अन्तर्गत एक वर्षभन्दा पूराना ग्राहकहरुका लागि ‘एमसी बुक’को सुबिधा पनि दिइने सञ्चालक साउँदले बताए । जस अन्तर्गत वर्षमा ६ पटक लेभर चार्ज फ्रि गरिनेछ । यसैअन्तर्गत हरेक पुराना ग्राहकलाई स्पेयर्स पार्टसमा १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । साथै उनीहरुका लागि आकर्षक उपहारको पनि व्यवस्था गरिने सञ्चालक साउँदले बताए । 

यस्तै यो एक महिनामा टीभीएसका धनगढी र अत्तरिया शोरुममा सबै मोडलका मोटरसाइकल र स्कुटरको फ्रि माइलेज चेकिङको व्यवस्था गरिएको छ । साथै यो अवधिमा ‘क्वीक सर्भिस’ अर्थात छिटो छरितो सेवा पनि हुनेछ ।  

यसैगरि दुबै शोरुममा मोटरसाइकल र स्कुटरको बिक्रीमा नगद छुट र आकर्षक उपहारको व्यवस्था गरिएको सञ्चालक साउँदले बताए । उनका अनुसार मोटरसाइकल र स्कुटर खरिदमा फाइनान्स गर्दा ३० प्रतिशत, ४० प्रतिशत र ५० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा दिइएको छ ।

clock बिहिबार ०६, भदौ २०८१ ११:२२

प्रतिक्रिया