कैलालीको बचिलामा सबै भन्दा भारी वर्षा

  बिहिबार ०६, भदौ २०८१ ०७:०८

धनगढी । कैलालीको बचिलामा सबै भन्दा धेरै भारी वर्षा भएको छ। 

त्यहाँका पछिल्लो एक घन्टामा ४३.२ (बिहान ६ः१५ बजे) मिलिमिटर वर्षा भएको छ। कैलालीकै बलियामा ३६.४ मिलिमिटर पानी परेको छ। बर्दियाको दौलतपुरमा २६.४ मिलिमिटर पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले कैलालीका विभिन्न स्थान भएर बग्ने पथरिया, कुलरिया, जमरा लगायत साना, ठूला खोलामा बाढीको जोखिम औंल्याएको छ।

ती स्थानमा डुबानको सम्भावना रहेकाले सतर्क रहन पनि भनेको छ।

clock बिहिबार ०६, भदौ २०८१ ०७:०८

प्रतिक्रिया