बाढी–पहिरो लगायत विपद्मा परी सुदूरपश्चिममा मात्रै १५ जनाको ज्यान गयो

  बुधबार ०५, भदौ २०८१ ०९:०४

धनगढी । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १९० जनाको मृत्यु भएको छ ।

विपद्मा परी काठमाण्डु उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी १९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मंगलबार नेपाल प्रहरीले जारी गरेको तथ्यांकअनुसार काठमाण्डु उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी २३८ जना घाइते भएका छन् ।

काठमाण्डु उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ११४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा २, मधेश प्रदेशमा १, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी ४९ जना बेपत्ता भएका छन् ।

बाढीका कारण जम्मा ३८४ घर डुबानमा परेका छन् भने ३२७ वटा घर, ११२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा परी ८५२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८१९ घर परिवार विस्थापित भएका छन् ।

clock बुधबार ०५, भदौ २०८१ ०९:०४

प्रतिक्रिया