कैलाली र बारामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  बुधबार ०५, भदौ २०८१ ०७:४०

धनगढी । कैलालीका अधिकांश स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव केही बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

clock बुधबार ०५, भदौ २०८१ ०७:४०

प्रतिक्रिया