विश्व फोटोग्राफी दिवसको अवसरमा शिवपुरीमा वृक्षारोपण

  मङ्गलबार ०४, भदौ २०८१ २१:०३

धनगढी । विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटोग्राफर्स एसोसियसन धनगढी उप समितिले सुदूरपश्चिमकै धार्मिक तथा पर्यटकीय स्थल शिवपुरी धाममा सरसफाई तथा वृक्षारोपण  कार्यक्रम आयोजना गरेको छ। फोटोग्राफर्स एसोसियसनले विश्व फोटोग्राफी दिवसको अवसरमा आज बिहान वृक्षारोपण गरेको हो ।

पछिल्लो समय वन विनाशको क्रम बढ्दै गरेको अवस्थामा जनचेतना फैलाउनकै निमित्त भएपनि सानो प्रयासरूप वृक्षारोपण गरिएको नेपाल फोटोग्राफर्स एसोसियसन धनगढी उपसमिति संयोजक मानबहादुर चौधरीले बताए ।

बिहान ९ बजेदेखि सुरु गरिएको वृक्षारोपण कार्यक्रममा करिब २० जनाको सहभागिता रहेको र ५० भन्दा बढी बिरुवा रोपिएको संयोजक चौधरीले बताए।

clock मङ्गलबार ०४, भदौ २०८१ २१:०३

प्रतिक्रिया