धनगढीमा आफ्नै बिद्याथी माथि बाल यौन दुरुपयोग गर्ने शिक्षक पक्राउ

  मङ्गलबार ०४, भदौ २०८१ २०:४९

धनगढी । धनगढीमा आफ्नै बिद्याथी माथि बाल यौन दुरुपयोग गरेको आरोपमा  एक जना शिक्षक पक्राउ परेका छन् ।

धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक २२ वर्षीय बिष्णु तिमिल्सेनालाई बाल यौन दुरुयोग गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तिमिल्सेनाले ३० साउनमा धनगढी उपमहानगरपालिका–१ को पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा आफु पढाउने विद्यालयकी १७ वर्षीया छात्रालाई बोलाएर बाल यौन दुरुपयोग गरेको आरोप छ ।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी छ । तिमिल्सेना बाजुराको त्रिवेणी नगरपालिका–७ घर का स्थायी बासिन्दा हुन् ।

clock मङ्गलबार ०४, भदौ २०८१ २०:४९

प्रतिक्रिया