केएमसीमा सञ्चालन भएको ५ दिने उद्घोषण तालिम सम्पन्न

  मङ्गलबार ०४, भदौ २०८१ २०:३८

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्ववियुले आयोजनामा सञ्चालन भएको ५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । साउन ३० गते देखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिएको उद्घोषण तालिम आज सम्पन्न भएको छ ।

व्यक्तित्व विकास तथा नेतृत्व विकास गर्न र मञ्चमा उद्घोषण र रेडियो उद्घोषण गर्न सजिलो होस् भन्ने उद्देश्यले उद्घोषण तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा स्ववियु सदस्य गौरी सिंहले बताइन्। 

स्ववियुले सञ्चालन गरेको ५ दिने उद्घोषण तालिममा सहभागी भएर आफूलाई धेरै सहजता भएको र धेरै कुरा सिक्ने अवसर मिलेको सहभागीहरूले बताएका छन् । कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन पछि विद्यार्थीहरूका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको स्ववियु सभापति यमराज जोशीले बताए।

उद्घोषण तालिमको समापन स्ववियु सभापति यमराज जोशी सभापतित्व र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीको प्रमुखआतिथ्यमा समापन गरिएको थियो । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक तोयाराज भट्ट विशिष्ट अतिथि, प्राध्यापक डा. मानबहादुर जोरा, प्राध्यापक शिव प्रसाद सापकोटा र कार्यक्रमका प्रशिक्षक टेकेन्द्र देउवा अतिथि रहेका थिए ।  समापन कार्यक्रममा तालीममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

 

clock मङ्गलबार ०४, भदौ २०८१ २०:३८

प्रतिक्रिया