गेटा दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

  मङ्गलबार ०४, भदौ २०८१ ०७:४२

धनगढी । कैलालीको गेटामा म्याजिक र मोटरसाईकल ठोक्किएर भएको दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । 

सोमबार गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरी गम्भिर घाइते भएका थिए ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरी घाइते भएका छन्। 

उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। यस्तै म्याजिक चालक प्रकाश बोहरा सहित अन्य केही व्यक्ति पनि घाइते भएको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार ०४, भदौ २०८१ ०७:४२

प्रतिक्रिया