धनगढीमा बाल यौन दुरुपयोग गर्ने एक जना पक्राउ

  मङ्गलबार ०४, भदौ २०८१ ०७:०२

धनगढी । धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने ५८ वर्ष सुखदेव रानालाई पक्राउ  गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले रानाले आइतबार बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्ववहार गरेको बताए ।

उक्त व्यहोराको उजुरीपछि रानालाई पक्राउ गरिएको कार्कीले बताए ।

clock मङ्गलबार ०४, भदौ २०८१ ०७:०२

प्रतिक्रिया