बझाङको बुङ्गलमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

  सोमबार ०३, भदौ २०८१ ०९:१७

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा बेपत्ता भएका चारै जनाको शव फेला परेको छ ।

गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी शव उद्धार गरि निकालिएको हो ।

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जनाको शव पुरिएको अबस्थामा भक्तियको घर भित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्ष्त बनाएको छ।

पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरि ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो । बुंगल गरपालिकाको उद्दार टोलि र बिराबगर नेपाली सेना,शशत्र प्रहरीको टोली पनि उद्दार सामग्री र राहत सामग्री सहित घटना पुगेको छ ।

clock सोमबार ०३, भदौ २०८१ ०९:१७

प्रतिक्रिया