अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विष्ट घाइते

  आइतबार ०२, भदौ २०८१ १३:४४

धनगढी । मोटरसाइकल दुर्घटना हुँदा पत्रकार प्रेम बिष्ट घाइते भएका छन्।

शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–२ स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रीत हुँदा बिष्ट घाइते भएका हुन। उनको बाँया हातमा चोट लागेको छ।

विष्टको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको पारिवारीक स्रोतले जनाएको छ।

उनी इ–टाईगर न्युज डटकमका प्रवन्ध निर्देशक एवं कार्यकारी सम्पादक हुन्।

clock आइतबार ०२, भदौ २०८१ १३:४४

प्रतिक्रिया