कैलालीमा ९० हजार पशुलाई खोरेत विरुद्धको खोप लगाइयो

  आइतबार ०२, भदौ २०८१ ०९:४०

धनगढी । कैलालीमा ९० हजार चौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । साउन २३ देखि ३१ गतेसम्म खोप साप्ताहिकमा जिल्लाका ९० हजार चौपायालाई खोप लगाइएको हो ।

भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थीले खोप सप्ताहमा सबैभन्दा बढी कैलारी गाउँपालिकामा १६ हजार चौपायालाई खोप लगाइएको छ । त्यस्तै, गोदावरीमा १३ हजार ४५० चौपायालाई खोप लगाइएको छ भने गौरीगंगा र घोडाघोडी नगरपालिकामा समान १० हजार ६५०, धनगढीमा ९ हजार १७० चौपायालाई खोप लगाइएको छ ।

त्यसैगरी लम्कीचुहामा ८ हजार ७५०, टिकापुर र जानकीमा समान ७ हजार ५ सय, जोशीपुरमा ५ हजार, भजनीमा ७९८ र वर्दगोरियामा ५ सय चौपायालाई खोप लगाइएको छ भने चुरे र मोहन्याल गाउँपालिकामा खोपको विवरण उपलब्ध नभएको उनले बताए ।

खोरेत भाइरस अर्थात् विशाणुबाट लाग्ने रोग हो । यो रोग लाग्न नदिन हरेक ६÷६ महिनामा खोप लगाउनुपर्छ । कैलालीमा करिब एक लाख ५० हजार चौपायालाई खोरेत विरुद्धको खोप लगाउन खोप मौज्दात रहेको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर अवस्थीले बताए । उनले कैलालीमा पुनः भदौ १५ गतेसम्म खोरेत विरुद्धको खोप अभियान चलाइने बताए ।

clock आइतबार ०२, भदौ २०८१ ०९:४०

प्रतिक्रिया