लागूऔषध सहित कञ्चनपुरबाट एक जना पक्राउ

  आइतबार ०२, भदौ २०८१ ०९:३७

कञ्चनपुर ।  लागू औषध सहित कञ्चनपुरको कटानबाट एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१८ कटानबाट लागू औषध सहित स्थानीय ४२ वर्षीय भगवती प्रसाद भट्ट पक्राउ परेका हुन ।

उनको साथबाट रेक्सोपोरिक एम्फुल ६ थान र फेनारगन एम्फुल ६ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

clock आइतबार ०२, भदौ २०८१ ०९:३७

प्रतिक्रिया