सुदूरपश्चिम सहित यी प्रदेशमा भारी वर्षा हुने

  आइतबार ०२, भदौ २०८१ ०६:५१

 

धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

clock आइतबार ०२, भदौ २०८१ ०६:५१

प्रतिक्रिया