कोटिहोम आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि पशुपतिमा तनाव

  शनिबार ०१, भदौ २०८१ ०७:५२

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोम महायज्ञको अन्तिम दिन शुक्रबार राति प्रहरी पुगेपछि तनाव भएको छ।  

महायज्ञ आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि महायज्ञ स्थल तनावग्रस्त भएको हो। 

विजय कृष्णमूर्तिले शुक्रबार मध्यराति फेसबुक लाइभ गर्दै आफूलाई पक्राउ गर्न गौशाला प्रहरी आएको भन्दै आफ्ना भक्तजनरसमर्थकहरूलाई प्रतिकार गर्न आदेश दिएका थिए। 

त्यसलगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए। यस क्रममा सादा पोसाकमा रहेका केही प्रहरीलाई हातपात पनि भएको छ। 

यस विषयमा बुझ्दा जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले शुक्रबार राति प्रहरी पठाइइएको र केही बेर तनाव भएको पुष्टि गरे। 

उनले भने, ‘केही बुझ्नु थियो, त्यसैका लागि प्रहरी गएको थियो’, एसपी अधिकारीले शनिबार बिहान नेपालखबरसँग भने, ‘तर त्यहाँ तनाव भएछ, केही प्रहरीमाथि हातपात पनि भएको छ।’

तर उनले विषय प्रस्ट खुलाउन चाहेनन्। ‘यस विषयमा हामी वास्तविकता बुझ्दै छौँ’, एसपी अधिकारीले भने। 

अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको उनले बताए। साउनभरका लागि आयोजित महायज्ञको हिजो ९साउन ३२० अन्तिम दिन थियो।  

clock शनिबार ०१, भदौ २०८१ ०७:५२

प्रतिक्रिया