धौलीगंगा बाँध आज खोलिदै, सतर्कता अपनाउन आग्रह

  शनिबार ०१, भदौ २०८१ ०७:३२

बैतडी । आज (शनिबार) भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले परियोजनाको बाँध आज  विहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ ।
बाँध खोलेका समयमा   महाकाली नदीको जलस्तर केही घण्टा बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

clock शनिबार ०१, भदौ २०८१ ०७:३२

प्रतिक्रिया