धनगढी विमानस्थलको पार्किङ शुल्कमा दुई हजार गुणा बृद्वि

  शुक्रबार ३२, साउन २०८१ २०:४५

धनगढी । धनगढी विमानस्थलको पार्किङ शुल्कमा भारी बृद्वि गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्कको सूची सार्वजनिक गरेको छ । भदौ १ गतेदेखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले शुचि सार्वजनिक गरेपछि विरोध भएको छ । 

नयाँ शुल्कअनुसार मोटरसाईकल, स्कुटर र रिक्साको प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, कार, जिप, टेम्पो, लिमोजिनको प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसको प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ, बस र ट्रकको प्रतिघण्टा ९० र दिनको ५४० रूपैयाँ निर्धारण गरिएको छ ।

विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० रूपैयाँदेखि २० रूपैयाँसम्म संकलन गरिदै आएकोमा एक्कासि बृद्वि गरिएपछि यातायात मजदुरहरूले विरोध जनाएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिमले बृद्वि गरिएको पार्किङ शुल्क घटाउन माग गरेको छ । शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बझाउँदै संगठनले पूर्वत शुल्क नै कायम गर्न माग गरेको हो । 

सगंठनले सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काग्रेंसका प्रमुख सचेतक बिक्रम धामी र नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्ललाई समेत ज्ञापनपत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष ललित चन्दले विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरको ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए । 

बिगतमा दिनभरी ट्याक्सी पार्किङ गर्दापनि १० रुपयाँ लिइन्थ्यो तर भदौ १ गतेदेखी एक घण्टाको ४० रुपयाँ र दिनभरीको २ सय ५० रुपयाँ तोकिएको छ चन्दले भने “यो दुई हजार प्रतिशत भन्दापनि बढी हो, यसले ट्याक्सी चालक सबैभन्दा बढी मारमा पर्ने छन्, बिमानस्थलबाट धनगढीसम्म ५ सय रुपयाँ ट्याक्सी भाडा लिने गरिन्छ, अनी दिनभरी यात्रु नपाए २ सय ४० रुपयाँ पार्किङ शुल्क तिर्नुपरे के बच्यो त, यसमा बिमानस्थल प्रशासनले अली कति ध्यान दिनुपथ्र्यो तर दिइएन हामीले हाम्रा माग सम्बोधनका लागी प्रदेश र सघं सरकार गुहारेका छौँ, सम्बोधन नभए प्रतिवादमा उत्रिनेछौँ ।”

१५ दिनभित्र माग सम्बोधन नभए विमानस्थलभित्र पार्किङ गर्न बाध्य नहुने समेत चन्दले बताएका छन् । सम्भवत भदौ १ गतेदेखी बिमानस्थल भित्र सवारी साधन पार्किङ नगर्ने योजना बनाएको चन्दले बताएका छन् । बिगतका बर्षमा ८ लाखमा पार्किङको ठेक्का दिइने गरिएपनि यस बर्ष कुलेमस्ट कन्सट्रक्सनलाई ५३ लाखमा ठेक्का दिइएको छ ।

May be an image of text

clock शुक्रबार ३२, साउन २०८१ २०:४५

प्रतिक्रिया