कञ्चनपुरकी निकिता घरको कोठाभित्र मृत फेला

  शुक्रबार ३२, साउन २०८१ १४:०७

धनगढी । कञ्चनपुरमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

पुनर्वास नगरपालिका–६ टाउन बस्ने १८ वर्षीय निकिता थापा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरकोठाभित्र झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

थापा मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको छ। प्रहरीले निकिताको मोबाइल बरामद गरेर थप अनुसन्धान गरिरहेको छ।

clock शुक्रबार ३२, साउन २०८१ १४:०७

प्रतिक्रिया