डोटीमा यात्रुवाहक बस दुर्घटना अपडेटः यी हुन घाइते १६ यात्रु

  शुक्रबार ३२, साउन २०८१ १३:३९

धनगढी । डोटीको दिपायल–सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज (शुक्रबार) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भीमलाल भट्टराइले बताए। 

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रिठा बस्ने २३ वर्षीया सविता देउवाको कानमा चोट लागेको छ। डोटीको दिपायल–सिलगढी नगरपालिका–६ थाप्लाका २९ वर्षीय भोजराज धामीको टाउकोमा चोट लागेको छ। सायल गाउँपालिका–७ गौरीगाउँका ८२ वर्षीय तेजबहादुर सिंहको टाउकोमा चोट लागेको छ। आदर्श गाउँपालिका–४ का ३० वर्षीय कृष्ण विष्टको ढाड र टाउकोमा चोट लागेको छ।

३८ वर्षीय सन्तोष बोहराको कम्मर र हातमा चोट लागेको छ। शिखर नगरपालिका–१० वान्डुङग्रीसैनका ३५ वर्षीय भरत रावत ढाड, दाँया खुट्टामा चोट लागेको छ। उनी चालक हुन्। त्यस्तै डोटीको दिपायल–सिलगढी नगरपालिका–१ तिखाका ४० वर्षीय डम्मरीदेवी खड्काको खुट्टा, टाउको र कम्मरमा चोट लागेको छ। दिपायल–सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय दिलबहादुर नेपालीको कम्मरमा चोट लागेको छ।

त्यस्तै सायल गाउँपालिका–४ डौडका ६५ वर्षीय हर्कबहादुर सिंह ढाड र दाँया खुट्टामा चोट लागेको छ। केआईसिंह गाउँपालिका–२ डुम्राकोटका ४२ वर्षीय कमलविक्रम शाही ९बस साहु० को दाँया खुट्टा, टाउको छाती र दाया हातमा चोट लागेको छ। दिपायल–सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामीको टाउको र हातमा चोट लागेको छ। आदर्श गाउँपालिका–१ का २३ वर्षीय प्रकाश खड्काको टाउकोमा चोट लागेको छ।

पुर्वीचौकी गाउँपालिका–७  टिमुर दहका २१ वर्षीय हिक्मत विकको हात, खुट्टा र मुखमा चोट लागेको छ। बोगटान–फुड्सिल गाउँपालिका–६ पलाडीका ३५ वर्षीय देवबहादुर बोगटीको हात, खुट्टा र टाउकोमा चोट लागेको छ। सायल गाउँपालिका–४ का ५६ वर्षीय लालबिरे भुलको टाउको, हात, ढाड र खुट्टामा चोट लागेको छ।

सायल गाउँपालिका–२ का ४० वर्षीय दलबहादुर बयाडीको कम्मर र खुट्टामा चोट लागेको छ। घाइतेहरुको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ। बस दुर्घटना हुँदा दिपायल–सिलगढी नगरपालिका–४ लक्ष्मण बोगटीको पक्की घरको छतको दक्षिण पट्टीको कुना र एक तले कच्ची टिनले छाएको भान्सा र अर्जुन ठोकरको टिनले छाएको भान्सामा क्षति पुगेको छ।

clock शुक्रबार ३२, साउन २०८१ १३:३९

प्रतिक्रिया