धनगढीमा राठी इन्टरप्राइजेजले कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउँदै

  शुक्रबार ३२, साउन २०८१ ०६:४९

धनगढी । राठी इन्टरप्राइजेजले धनगढीमा रहेर सुदूरपश्चिममा लामो समयदेखि सेवा दिँदै आएको छ । ४५ बर्ष देखि सुदूरपश्चिमको पूर्वाधारमा राठीको महत्वपूर्ण योगदान रहेको छ । राठी थप सेवाका साथ आफुलाई परिमार्जित गर्दै कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउदै छ । कजरिया ग्यालेक्सीको भदौ एक गते शनिबार उद्घाटन हुँदैछ ।

राठी इन्टरप्राइजेज धनगढी दर्ता भएको ५१ बर्ष पुरा भएको अवसरमा कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउन लागेको सञ्चालक सुरेन्द्र राठीले बिहिबार धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । धनगढीको मुख्य सडक कालो पुल नजिक रहेको राठीको कजरिया ग्यालेक्सको सुविधा सम्पन्न भवन भित्र टायल, रड किचन, बाथरुम का साग्रीहरुले सजाएर राखिएका छन् । 

कजरिया ग्यालेक्सीको राठीका डाईरेक्टर हिमान्सु अग्रवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कजरिया ग्यालेक्सीको सञ्चालनमा आउने लागेको भवन दुई हजार सात सय ८० बर्गकिलोमिटरमा निर्माण भएको छ । राठीले निकट भविष्यमा कैलालीको अत्तरियामा पनि शाखा विस्तार गर्ने जनाएको छ । सञ्चालक राठीले घर बनाउँदा आवश्यक सामग्रीहरु सोच विचार गरेर मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।

 ‘घर भन्ने कुरा जीवनमा एक पटक बनाउने हो ।’, उनले भने, ‘त्यसका लागि दुई रुपैयाँ महँगो भए पनि भरपर्दो कम्पनीका सामग्रीहरु प्रयोग गर्नुपर्दछ ।’ राठी ईन्टरप्राईजेजको सुदूरपश्चिमको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुगाएको उनले बताए । राठी इन्टरप्राइजेज कैलालीमा सरकारलाई सबै भन्दा बढी राजस्व बुझाउने संस्था समेत भएको हुँदा यसले विक्रि गर्ने साम्रगीहरु पनि भरपर्दो र टिकाउ रहेको उनको भनाई रहेको छ ।

clock शुक्रबार ३२, साउन २०८१ ०६:४९

प्रतिक्रिया