डोटीको समुहगाडमा बस दुर्घटना

  शुक्रबार ३२, साउन २०८१ ०६:३७

डोटी । धनगढीबाट दिपायलका लागि छुटेको बस डोटीको समुहगाडमा दुर्घटना भएको छ।

शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका–४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ। 

clock शुक्रबार ३२, साउन २०८१ ०६:३७

प्रतिक्रिया