आज देशका यी स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

  बिहिबार ३१, साउन २०८१ ०७:२९

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

clock बिहिबार ३१, साउन २०८१ ०७:२९

प्रतिक्रिया