कञ्चनपुरको एक सिरक–गद्दा गोदाममा आगलागी
कञ्चनपुर । कञ्चनपुरको एक सिरक–गद्दा गोदाममा आगलागी भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–४ चमनचोकमा रहेको सिरक–गद्दा गोदाममा मंगलबार राति आगलागी भएको हो।
भारत घर भएकी शारदा देवीको सिरक गद्दाको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया